+
+

कृषि विकास बैंकको नाफामा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ९:५९

२१ साउन, काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिसम्म ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७६ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढ्दा पनि नाफामा टेवा पुगेको देखिन्छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ८ अर्ब १९ करोड रहेकोमा गत आर्थिक वर्षमा १० अर्ब १२ करोड रुपैयाँ छ । लोन लस प्रोभिजन १ अर्ब २३ करोड रुपैयाँ छुट्याएको छ ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड रुपैयाँ छ । अर्थात वितरणयोग्य प्रतिसेयर नाफा १७ रुपैयाँ ३७ पैसा छ ।

प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७५ पैसा छ । यस्तो आम्दानी पहिले ७ रुपैयाँ ४२ पैसा थियो । बैंकको निष्क्रिय कर्जा केही बढेको छ । अघिल्लो आर्थिक वर्ष २.७८ प्रतिशत रहेकोमा यस्तो कर्जा अहिले ३.४४ प्रतिशत छ ।

प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ रहेको बैंकले असार मसान्तसम्म २ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा प्रवाह १४ प्रतिशत बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?