+
+

प्रधानमन्त्री ओलीलाई समेट्दै फिल्म ‘नमेटिने घाउ’ले सार्वजनिक गर्‍यो पोस्टर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ११:३२

काठमाडौं । रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै भदौ ७ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् ।

पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलै स्थान दिइएको छ । यो फिल्ममा ओलीले प्रधानमन्त्रीकै रोलमा अतिथि भूमिका गरेका छन् । शनिबार उनले काठमाडौंको एक स्टुडियोमा स्वरांकन गरेका थिए ।

पोस्टरमा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मासहित एसिड सर्भाइभरहरुलाई पनि देख्न सकिन्छ । सत्य घटनामा आधारित रहेको भनिएको यो फिल्ममा वास्तविक एसिड आक्रमणको घटनाका पीडितले समेत अभिनय गरेका छन् ।

फिल्ममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि अतिथि भूमिका छ । यो फिल्म एसिड सर्भाइभरको वास्तविक जीवनीमा आधारित छ । आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाइएको छ । पटकथा शिवम अधिकारीले लेखेका हुन् ।

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय छ ।

चलेका कलाकारहरु सुरवीर पण्डित, सुनिल कटुवालको पनि अभिनय छ । रमित ढुङ्गाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?