+
+

विश्वभर ‘डेडपुल एण्ड वुल्भरिन’को कमाइमा उछाल, नेपालमा कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १२:०६

काठमाडौं । हलिउड सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ले विश्व बक्सअफिसमा उछाल कमाइ गरेको छ । दोस्रो सप्ताहन्त सकिँदासम्म यो फिल्मले विश्वभर ८२४ मिलियन डलरको कमाइ गरेको डेडलाइन हलिउडले जनाएको छ ।

दोस्रो सप्ताहन्तसम्म फिल्मले उत्तर अमेरिकामा ३९५.६ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारमा ४२८.५ मिलियन डलर कमाएको छ । १० दिनमा भारतमा १०७.८ करोड भारु नेट (१३९.१० करोड ग्रस) कमाइ गरेको जनाइएको छ ।

नेपालमा यो फिल्मले १० दिनमा डेढ करोड नेरु हाराहारीमा कमाइ गरेको छ । नेपाली र हिन्दी फिल्मको परम्परागत वर्चस्व रहेको नेपाली फिल्म बजारमा अंग्रेजी फिल्मको यो कमाइ आफैमा उत्साहजनक हो । पहिलो र दोस्रो सप्ताहन्तमा फिल्म प्रमुख मल्टिप्लेक्समा हाउसफूल रह्यो ।

यो अवधिमा ‘डेडपुल एण्ड वुल्भरिन’ले ‘डेडपुल’को पहिलो भाग (७८३ मिलियन डलर) र ‘डेडपुल २’ (७८६ मिलियन डलर)लाई उछिनेको छ । यो फिल्मले सर्वकालिन धेरै कमाउने आर रेटेड तेस्रो फिल्म हो भने सन् २०२४ को दोस्रो ठूलो स्टुडियो रिलिज हो । ‘डेडपुल एण्ड वुल्भरिन’को मद्दतमा यसवर्ष डिज्नी स्टुडियो विश्वब्यापी ३ बिलियन डलर कमाउने कम्पनी बनेको छ ।

यो फिल्मले चीनमा ४५.२ मिलियन डलर, बेलायतमा ४२.४ बिलियन डलर, मेक्सिकोमा ३२.८ मिलियन डलर, अष्ट्रेलियामा २४.६ मिलियन डलर र जर्मनीमा १९.१ मिलियन डलर कमाएको छ ।

फिल्मले आइम्याक्समा मात्रै विश्वब्यापी ६४.५ मिलियन कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?