+
+

आलोकनगरमा एक व्यक्तिमाथि खुकुरी प्रहार, तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १२:२८

२१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ आलोकनगरमा एक व्यक्तिमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–३ घर भएका १८ वर्षीय अनिष मगर, दैलेखको महावु गाउँपालिका–४ घर भएका २६ वर्षीय कुमार पण्डित र दार्चुलाको बाँज घर भएका १९ वर्षीय प्रेम सिंह महरा छन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो । उनीहरुबाट एक थान खुकुरी बरामद भएको छ ।

आइतबार दिउँसो ४ बजेतिर आलोकनगरस्थित सौराह होटल अगाडिको सडकमा कैलालीको धनगढी नगरपालिका–२ घर भएका २२ वर्षीय मनत केसीमाथि उनीहरुले खुकुरी प्रहार गरेको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

सामान्य विवादमा खुकुरी प्रहार गर्दा केसीको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?