+
+

क्रिकेटप्रेमी कलाकारसँग प्रधानमन्त्रीको छलफल, फिल्मसँग खेल जोड्न नीतिको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १२:४३

काठमाडौं । रंगशाला निर्माणबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कलाकार र खेलाडीसहितको छलफल बैठक राखे । नेपाल क्रिकेट संघ (क्यान)को संयोजनमा भएको बैठकमा क्रिकेट खेल हुने बेला सामाजिक संजालमा स्टाटस लेखेर सेलिब्रेसन गर्ने कलाकारलाई बोलाइएको थियो ।

नीति शाह, केकी अधिकारी, बद्री पँगेनी, रचना रिमाल, प्रकाश सपुत, मिरुना मगर, राजा राजेन्द्र पोखरेल छलफलमा सहभागि थिए । प्रधानमन्त्री ओलीले क्रिकेट रंगशाला बनाउने कुरामा जनतालाई आशा जगाइ दिन कलाकारलाई आग्रह गरे ।

कलाकार आफ्नो क्षेत्रभन्दा बाहिरका जनतासँग पनि नियमित टचमा रहेको ओलीको भनाई थियो । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले क्रिकेटलाई चलचित्रसँग जोडेर जानुपर्छ भन्ने सुझाव दिएकी थिइन् ।

नीतिले स्पोर्ट्स म्यानेजमेन्ट कोर्स उपलब्ध गराउन सुझाउँदै खेल्न खेल्न विदेश जाँदा खेलाडीलाई भोकेसनल तालिम, अन्तर्वार्ताको शैली सिकाउनेदेखि दोभाषेको ब्यवस्था गर्न आग्रह गरेकी थिइन् ।

‘यसो गर्दा विदेशी खेलाडीले बुझ्न सक्छन् र फ्यान बेस पनि बढ्न सक्छ’ उनले भनिन्, ‘स्कुलमा बच्चैदेखि पाठ्यक्रममा खेलबारे ध्यान दिएर तालिम दिँदा सीप बढ्न सक्छ ।’ मैत्रीपूर्ण खेल प्रतियोगिता आयोजना गर्न पनि उनले आग्रह गरेकी थिइन् । अभिनेत्री मिरुना मगरले पनि मैत्रीपूर्ण खेल कार्यक्रम आयोजना गर्न सकिए पर्यटन प्रवर्धन गर्न सकिने सुझाव दिइन् ।

सहभागि अन्य कलाकारले पनि फिल्मलाई क्रिकेटसँग कसरी जोडेर जान सकिन्छ र रंगशाला बनाउने कुरामा जनतामा कसरी उत्साह जगाउन सकिन्छ भन्ने बारेमा प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओलीले छलफलमा सहभागि भएका कलाकारलाई प्रधानमन्त्री कार्यालयबाट पत्र लेखेरै धन्यवाद दिएका छन् । शाहले यो पत्र इन्स्टाग्राममा सेयर गर्दै खुसी व्यक्त गरेकी छन् । ‘छोटो समयको निमन्त्रणामा आज तपार्इं आउनुभयो, म धेरै खुसी छु’ पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?