+
+

सुदूरपश्चिममा एमालेले अघिल्लो सरकारकै मन्त्रीहरुलाई दोहोर्‍याउने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १३:११

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मन्त्रीकाे नाम टुंगाे लगाएकाे छ । एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएकाे एक नेताले बताए ।

यसबारे आधिकारिक निर्णय भने सोमबार दिउँसो २ बजे बस्ने संसदीय दलकाे बैठकले गर्नेछ ।

एमालेले मन्त्री बनाउन लागेका प्रदेश सभा सदस्यहरू यसअघि दीर्घबहादुर साेडारी नेतृत्वकाे सरकारमा सहभागी थिए ।

सुदूरपश्चिममा एमालेले भाैतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा काननु मन्त्रालय लिने सहमति भएको एक नेताले बताए ।

नेपाली कांग्रेसले आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय तथा नागरिक उन्मुक्ति पार्टीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिने सहमति भइसकेकाे छ ।

सोमबार दिउँसो साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गर्दैछन् । सोमबार नै उनले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?