+
+

‘माइली’को शुभसाइत, प्रियंका र कमलाले गर्दैछन् आमाछोरीको भूमिका

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १३:१०

काठमाडौं । प्रियंका कार्की र करिश्मा मानन्धरको शीर्ष भूमिका हुने फिल्म ‘माइली’को शुभसाइत गरिएको छ । बाबु बलामीले निर्देशन गर्ने यो फिल्मको छायांकन मंगलबारदेखि सुरु हुँदैछ ।

छायांकनअघि भद्रकाली मन्दिरमा फिल्मको मुहूर्त पूजा गरियो । यो अवसरमा प्रियंकासहितका कलाकार र प्राविधिक सहभागि थिए । यो फिल्ममा शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको पनि अभिनय हुनेछ ।

मुहुर्तमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप,सवनम मुखियाले क्यामरा, रक्षासिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले नरिवल फुटाएका थिए । अभिनेत्री कार्की र यो फिल्मबाट डेब्यु गर्न लागेकी गायिका कमला घिमिरेले मुहुर्त सट दिएका थिए । फिल्ममा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन् ।

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स-साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

मकवानपुरको वीरखर्क, कुलेखानी, काठमाडौं र युएईको दुबईमा फिल्म छायांकन हुनेछ । फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद, राजेन्द्र बजगाइको संगीत, शिव ढकालको छायांकन, केवलमान सिंह बस्नेतको प्रोडक्सन, समीर मियाँको सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?