+

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई ४ पदक

२०८१ साउन  २१ गते १३:११ २०८१ साउन २१ गते १३:११
विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई ४ पदक

२१ साउन काठमाडौं । थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालले ४ पदक जितेको छ । नेपालले एक रजत र ३ कांस्य गरी ४ पदक हात पारेको हो ।

नेपालका खेलाडी मेग्मा गुरुङले रजत, राजेन्द्र तामाङ, ईमा थापा र चन्द्रबहादुर बोहोराले कांस्य पदक जितेका हुन् ।

महिला माइनस ३८ केजी तौलको  फाइनलमा स्वर्ण पदकको लागि मेग्मा गुरुङ थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई रजत प्राप्त गरिन । राजेन्द्र तामाङले माइनस ६८ केजी तौलको सेमिफाइनलमा लावोस र ईमा थापा माइनस ४७ केजी तौलको कम्बोडिया खेलाडीसँग पराजित भई कांस्य पदक प्राप्त गरे ।

त्यस्तै, शनिबार चन्द्रबहादुर बोहोराले कांस्य पदक जितेका थिए । च्याम्पियनसिप अगस्त १ देखि ४ तारिख सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा भएको थियो ।

विश्व हाप्किडो च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय