+
+

सुदूरपश्चिममा कांग्रेसका खड्का सामाजिक विकास र थापा आर्थिक मामिला मन्त्री बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १४:१६

२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मेघराज खड्का र बहादुरसिंह थापालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

सो मबार दिउँसो बसेको प्रदेश संसदीय दलको बैठकले खड्कालाई सामाजिक विकास मन्त्री र थापालाई आर्थिक मामिला मन्त्री बनाउने निर्णय गरेको एक प्रदेश सभा सदस्यले जानकारी दिए । उनीहरूले सोमबार नै शपथ ग्रहण गर्नेछन् ।

कांग्रेसले प्रदेश सभा सदस्य सरस्वती खडकालाई सामाजिक विकास राज्यमन्त्री र प्रकाशबहादुर बमलाई आर्थिक मामिला राज्यमन्त्री बनाउने निर्णय गरेकेो छ ।

यसअघि गीता चौधरी र ललिता सुनारलाई राज्यमन्त्री बनाउने तयारी भएपनि अन्तिम समयमा उनीहरूको नाम काटिएको एक प्रदेशसभा सदस्यले बताए । अहिले साढे ३ बजे मुख्यमन्त्री शाह र अन्य मन्त्रीहरूले शपथ लिनेछन् ।

एमालेले भने यसअघि दीर्घ सोडारी मन्त्रिपरिषदमा रहेकाहरुलाई नै मन्त्रीमा दोहोर्‍याउने निर्णय गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?