+
+

काभा वुमन्स लिग : श्रीलंकालाई हराउँदै भारत शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १५:३४

२१ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै भारतले शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ ।

दशरथ रंगशाला कभर्डहलमा सोमबार भएको खेलमा भारतले श्रीलंकालाई २५-१४,२५-२१ र २५-२० मा पराजित गरेको हो ।

पहिलो सेटमा भारत हाबी भए पनि श्रीलंकाले दोस्रो सेटमा पुनरागमनको संकेत देखाएको थियो तर भारतले नै जित्यो ।

यससँगै भारतले सेमिफाइनलमा पनि श्रीलंकालाई नै प्रतिद्वन्द्वी पाउने भएको छ ।

भारतले लिग चरणको ३ खेल जित्दै शीर्ष स्थानमा स्थान पक्का गरेको हो । भारतले नेपालसँग भने ३-२ को हार व्यहोर्‍यो भने श्रीलंका, माल्दिभ्स र इरानलाई सोझो सेटमा हरायो ।

नेपाल भने २ खेलमा अंक बाँड्दा दोस्रो स्थानमा नै रहनेछ। त्यस्तै, श्रीलंकाले भने लिग चरणमा माल्दिभ्सविरुद्ध मात्र जित निकाल्दै चौथो स्थानमा रह्यो ।

आजको दोस्रो खेल नेपाल र माल्दिभ्सबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?