+
+

परराष्ट्र मन्त्रालयले भन्यो : लेबनानमा नेपाली सुरक्षित छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १५:२४

२१ साउन, काठमाडौं । मध्यपूर्वमा तनाव बढ्न थाले पनि त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित नै रहेको र उनीहरुको सहजताका लागि निरन्तर प्रयत्न गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण नेपालीको सुरक्षा तथा हितका लागि नेपाल सरकार सचेत रहेको जनाएको हो ।

मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा कायरोस्थित नेपाली राजदूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा सम्पर्क राख्नसमेत सूचनामार्फत जानकारी दिएको छ । अहिले कायरोस्थित नेपाली राजदूतावासले लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक गरिरहेकोसमेत जनाएको छ ।

इरानको राजधानी तेहरानमा बुधबार हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनावपूर्ण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?