+
+

गुल्मीमा १४ करोड खर्चेर बनाएको पक्की पुल प्रयोगविहीन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १५:४८

२१ साउन, गुल्मी । गुल्मीको सत्यवती र छत्रकोट गाउँपालिका जोड्ने बडीगाड खोलाको पक्की पुल प्रयोगविहीन भएको छ ।

सत्यवती गाउँपालिकाको चोरकाटेबाट छत्रकोट गाउँपालिकाबाट हुँगा जोड्ने पक्की पुल तयार भएको सडक राम्रो नभएकाले प्रयोगमा आउन नसकेको हो ।

सत्यवती गाउँपालिकाको चोरकाटे भन्ने स्थानबाट छत्रकोट गाउँपालिकाको हुँगा तर्फको पुल नजिकै रहेको सडक भत्किएर अवरुद्ध भएको छ ।

सडक भत्किएर गाडी चल्न नसक्ने भएकाले पक्की पुल प्रयोगमा नआएको छत्रकोट गाउँपालिका–१ का वडाध्यक्ष घनश्याम न्यौपानेले बताए । पुलबाट छत्रकोट तर्फको सडक मर्मत हुन नसकेको जानकारी दिँदै उनले हिँउदमा सडक मर्मत गरेर सञ्चालनमा ल्याइने बताए ।

२०७२ असार ३१ गते निर्माण सुरु भएको पक्कीपुल २०७९ साउन १५ गते तयार भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमनाथ पौडेलले बताए ।

१०५ मिटरको लम्बाई रहेको पुल १४ करोड १७ लाख २४ हजार ४३७ रुपैयाँको लागतमा रसुवा एलिक जेभी काठमाडौंले निर्माण गरेको हो । पुल निर्माण गरेर सडक डिभिजन कार्यालय पाल्पालाई हस्तातरण भइसकेको पौडेलले बताए ।

अब सडक स्तरोन्नतिको काम पनि सोही सडक डिभिजन कार्यालयले गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?