+
+

माओवादी नेताको चुनौती : संविधान संशोधन गर्ने भए ०८४ को चुनावमा एजेण्डा बनाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १६:०७
फाइल तस्वीर : प्रतिनिधिसभामा माओवादी नेता बस्नेत

२२ साउन, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सुशासन र विकासमा देखिएको अक्षमताको भारी संविधानलाई नबोकाउन दुई ठूला दललाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी नेता बस्नेतले कांग्रेस र एमालेले स्थिरता र विकासका नाममा मुलुकलाई अस्थिरतातिर धकेल्न खोजेको बताए । दुई दलले निर्वाचन प्रणालीमा संशोधन गरेर दुई दलीय प्रणाली तथा संघीयतामा संशोधन गरेर स्थानीय तह घटाउने, प्रदेशलाई कमजोर बनाउने र केन्द्रको अधिकार बढाउन खोजेको उनको दाबी छ ।

तर संघीय लोकतान्त्रिक गणतन्त्रको आत्मा सहभागितामूलक व्यवस्था भएको भन्दै माओवादी सांसद बस्नेतले भने, ‘अहिले संविधान संशोधनका नाममा फेरि सहभागितामूलक लोकतन्त्रबाट फर्काएर फेरि अल्पमत र बहुमतको राज गर्न खोज्नुभएको छ, यसमा आपत्ति छ । यसलाई अग्रगमन भन्न सकिँदैन ।’

उनले बहुदलीयबाट दुईदलीयतिर मात्र हो कि एक पार्टीतिर पनि जाने हो भनेर प्रश्न गरे ।

दुई तिहाईले संविधान संशोधन गर्ने संवैधानिक व्यवस्था रहेको भन्दै उनले कांग्रेस एमालेलाई प्रश्न गरे, ‘तपाईंहरु संविधान संशोधनको एजेण्डामा जनअनुमोदित हुनुभएको हो ?’

पछिल्लो आम चुनावमा दलहरुले सुशासन र विकासको नाममा भोट मागेको उनले बताए । ‘सुशासन र विकासमा देखिएको अक्षमताको भारी संविधानलाई बोकाउन पाइँदैन’, बस्नेतले भने, ‘तपाईंहरुलाई संशोधन चाहिएको भए ०८४ को चुनावमा संविधान संशोधनको एजेण्डा लिएर जानुस्, जनअनुमोदित भएर आउनुस् । संविधान संशोधन प्रस्ताव अगाडि बढाउनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?