+
+

अस्ट्रेलियाको ‘तीज साँझ’मा कोमल वली र पशुपति शर्माले दर्शक नचाउने

राजन घिमिरे राजन घिमिरे
२०८१ साउन २१ गते १७:३२

सिड्नी । हरितालिका तीजको अवसर पारेर अस्ट्रेलियाका विभिन्न सहरमा ‘दिदीबहिनी तीज साँझ-२०२४’ आयोजना हुने भएको छ । कार्यक्रममा प्रस्तुति दिन नेपालबाट कलाकारहरूको टोली अस्ट्रेलिया आउने निश्चित भइसकेको छ ।

कोमल वली, पशुपति शर्मा, देवी घर्ती र रुविना अधिकारी तीज कार्यक्रमका लागि अस्ट्रेलिया आउने निश्चित भएको आयोजक दिदीबहिनी इभेन्ट्सकी प्रमुख बिन्दु पौडेलले जानकारी दिइन् । उनीहरुले अस्ट्रेलियाका विभिन्न सहरमा हुने ३० भन्दा बढी कार्यक्रममा सहभागिता जनाउने उनले बताइन् ।

अगस्ट ३ मा मेलबर्न, अगस्ट १०,१६ ,१७ र ३१ तारेखमा सिड्नी, अगस्ट २५, २६, २८, ३० र सेप्टेम्बर १ मा मेलबर्न र पर्थ, अगस्ट २९ मा एडिलेट, अगस्ट २७ मा वागावागा, अगस्ट २४ मा न्यु कासल, मेलबर्न र सिड्नी, अगस्ट २३ होबार्ट तास्मनिया, अगस्ट १९ मा ब्रिस्बेन, अगस्ट २० मा पिचटन, अगस्ट २५ मा मेडल्याण्ड, अगस्ट १७ मा मेलबर्न र अगस्ट १८ मा अस्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्ना प्रस्तुति हुनेछ ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?