+
+

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए दोस्रो पटक विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १७:५६

२१ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन् । सोमबार प्रदेश सभामा कँडेलले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २३ सांसदले मत दिए ।

कुल ४० सदस्यीय प्रदेश सभामा सोमबार ३७ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३ विपक्षमा १४ मत परेको छ । प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा एमालेका १० र नेकपा माओवादी केन्द्रका १३ जना सांसद छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् । सोमबारको बैठकमा राप्रपा सांसद सन्तोषी शाही मतदानमा सहभागी भइनन् ।

माओवादीका १३ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिएनन् । यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए ।

गत साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ ।

सोही अनुसार कँडेल नेतृत्वको मन्त्रिपरिषद‍बाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री कँडेलले आइतबार मात्रै कांग्रेसका चार जना मन्त्री नियुक्त गरेका थिए ।

एमालेका नेता कँडेललाई प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?