+
+

टप १० ब्रोकर कम्पनीले कतिको सेयर किनबेच गरे ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १८:०६

२१ साउन, काठमाडौं । सोमबार सेयर बजारमा कुल २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भयो । सो कारोबारमा टप १० ब्रोकर कम्पनीको अंश ३५.७ प्रतिशत छ ।

सोमबार टप १० ब्रोकर कम्पनीले ७ अर्ब ५८ करोड रुपैयाँको धितोपत्र खरिद गरेका छन् भने ८ अर्ब ३ करोडको धितोपत्र बिक्री गरेका छन् ।

सोमबार उच्च रकमको कारोबार गरेका टप १० ब्रोकर कम्पनीमध्ये ५ को खरिद धेरै छ भने ५ को बिक्री धेरै छ । इम्पेरियल, सनी, आर्यतारा, डायनामिक र एबीसीमार्फत खरिद धेरै भएको छ भने नासा, भिजन, अनलाइन, दिपशिखा र लिन्च स्टक ब्रोकरमार्फत भने बिक्री धेरै भएको छ ।

उच्च रकमको कारोबार गरेको नासा सेक्युरिटिजमार्फत १ अर्ब २२ करोडको धितोपत्र खरिद हुँदा १ अर्ब ७२ करोड रुपैयाँ बराबरको बिक्री भएको छ । दोस्रो उच्च कारोबार गरेको इम्पेरियलमार्फत भने १ अर्ब १२ करोडको खरिद हुँदा ९३ करोडको धितोपत्र बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?