+
+

क्यालेन्डर विना चल्न थाल्यो प्रतिनिधिसभा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते १८:१७

२१ साउन, काठमाडौं । प्रतिनिधिसभा क्यालेन्डर विना चल्न थालेको छ । २०८० माघ तेस्रो साताबाट १५/१५ दिनको पाक्षिक क्यालेन्डर बनेर चल्दै आएको थियो । तर, साउन १५ गतेदेखि यो अभ्यासमा ब्रेक लागको छ ।

साउन १५ गते प्रतिनिधि सभाको बैठक बसेको थियो । त्यसपछि साउन १८ गते र २१ गते प्रतिनिधि सभाको बैठक चलेको छ । तर, यसबीचमा प्रतिनिधि सभाले संसदीय क्यालेन्डर बनाउन सकेको छैन ।

यो विषय प्रतिनिधि सभाकै बैठकमा समेत उठेको छ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधि सभालाई क्यालेन्डर बनाएर चलाउन सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गरेका छन् ।

‘संसदको कामलाई व्यवस्थित गर्न हामीले सुरु गरेको पाक्षिक कार्यतालिका निर्माण र त्यसलाई दृढताका साथ जान म सम्माननीय सभामुखज्यू र सम्मानित सदनको ध्यानाकर्षण गराउँदछु,’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?