+
+

शेख हसिना अब राजनीतिमा नफर्किने !

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते २०:२८

२२ साउन, काठमाडौं । प्रधानमन्त्री पदबाट राजीनामा दिएर सरकार छोडेकी शेख हसिना अब बंगलादेशको राजनीतिमा नफर्किने उनका छोराले बताएका छन् ।

आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलनले चर्किएपछि हसिनाले सोमबार राजीनामा दिएकी छन् । उनी परिवारसहित भारत आइपुगेकी छन् । तर भारतमा राजनीतिक शरण नमागेकाले लण्डन (बेलायत) जाने अनुमान छ ।

बीबीसीसँग कुरा गर्दै हसिनाका छोरा सजीब वाजेद, जो हसिना प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार समेत थिए, का अनुसार हसिनाले आइतबार नै राजीनामाबारे सोच बनाएकी थिइन् ।

वाजेद भन्छन्, ‘जति बेला उहाँ सत्तामा आउनुभयो, बंगलादेश एउटा विफल राज्यजस्तो थियो । गरिब थियो । आज एसियाको उदाउँदो बाघ मानिन्छ ।’

उनका अनुसार अल्पसंख्यकका लागि निकै मिहिनेत गर्दा पनि अल्पसंख्यकहरु आफ्नो विरुद्ध उत्रिएकामा हसिना निकै निराश छिन् । परिवार र आफ्नो सुरक्षाका लागि देश छाडेकाले अब राजनीतिमा नफर्किने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?