+
+

ऊर्जा र सिँचाइका ६ सहसचिवको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते २१:०१

२१ साउन, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ६ जना सहसचिवको सरुवा भएको छ । ऊर्जामन्त्री दीपक खड्काले विद्युत विकास विभागको महानिर्देशकसहित विभिन्न पदहरुमा सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

नवीनराज सिंह तेस्रोपटक विद्युत विकास विभागको महानिर्देशक बनेका छन् । हाल मन्त्रालयका ऊर्जा महाशाखामा रहेका सिंहलाई महानिर्देशकका रुपमा विभागमा पठाइएको हो ।

आयोजनाहरुको लाइसेन्स वितरण गर्ने यो विभागलाई कर्मचारीहरुले मन्त्रालय अन्तरगतको सबैभन्दा आकर्षक अड्डा मान्ने गरेका छन् । विभागमा हाल महानिर्देशक रहेका जीवछ मण्डललाई जल तथा ऊर्जा आयोगमा ल्याइएको छ ।

यसैगरी सहसचिव चिरञ्जीवि चटौतलाई ऊर्जा नीति महाशाखामा जिम्मेवारी दिइएको छ भने मधु भेटुवाललाई बूढीकीगण्डकी जलविद्युत् आयोजना हेर्ने गरी सरुवा गरिएको छ ।

यस्तै सिँचाइ विभागको उपमहानिर्देशकमा सन्तोष कैनीले जिम्मेवारी पाएका छन् । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशकबाट उनी विभागको उपमहानिर्देशक बनेका हुन् । कैनीको ठाउँमा सहसचिव दिनेश रौजरियालाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?