+
+

जलमग्न काठमाडौं उपत्यका (तस्वीरहरु)

विकास श्रेष्ठ र शंकर गिरी विकास श्रेष्ठ र शंकर गिरी
२०८१ साउन २२ गते १२:२२

२२ साउन, काठमाडौं । सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । सडकहरु खोला जस्ता देखिएका छ्न् । बस्तीहरु डुबानमा छन् । जताततै भेलबाढीले गर्दा सवारी आवागमनसमेत प्रभावित भएको छ ।

बागमती नदीमा बाढी आएकाले किनारका सडक र बस्ती पनि डुबानमा परेका छन् । युनएनपार्क क्षेत्र र सानेपा क्षेत्रको बागमती करिडोर सडक जलमग्न छ ।

ललितपुर महानगरपालिका वडा नम्बर १ को आधारभूत स्वास्थ्य केन्द्रमा बाढी पसेको छ । कुपोण्डोलस्थित ललितपुर महानगरपालिकाको वडा कार्यालय पनि डुबानमा परेको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंका स्वयम्भु, सानो भर्‍याङ, ठूलो भर्‍याङ, लैनचौर, पुतलीसडक, माइतीघर, कोटेश्वर लगायतका मुख्य सडक र सहायक सडकहरु डुबानमा परेका छन् । कुलेश्वर, कालीमाटी क्षेत्र पनि डुबानमा छन् ।

जताततै भेलबाढीले गर्दा पैदलयात्रु र दुईपांग्रे सवारी चालकहरु बढी प्रभावित भएका छन् ।

वाग्मती नदीको गौरीघाट, मनोहरा र खोकना जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममै रहेकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?