+
+

पुनः प्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १२:३६

काठमाडौं । दुई वर्षअघि रिलिज भइसकेको सुरक्षा पन्त र नरेन खड्का अभिनित सोसल ड्रामा फिल्म ‘बुलाकी’ पुनः प्रदर्शन तयारीमा छ । निर्माताले रि–ब्रान्डिङ सहित फिल्मको प्रवर्द्धन गरिरहेका छन् ।

पोस्टर, प्रचारशैलीदेखि ट्रेलरमा ताजगी दिने प्रयास गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको नयाँ कटिङसहितको ट्रेलर रिलिज गरियो ।

फिल्मले कर्णाली र सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारीप्रथाको सामाजिक परिवेशको कथा भन्छ । यो नारीप्रधान फिल्ममा सुरक्षाले शीर्ष भूमिका निर्वाह गरेकी छन् । फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

कार्यक्रममा मुख्य अतिथिको रुपमा सहभागी कांग्रेस नेता पूर्णबहादुर खड्काले कर्णालीमा मूल गहना मानिने बुलाकीलाई आधार मानेर तयार गरिएको फिल्मले स्थानीय सभ्यता र संस्कृतिलाई उजागर गरेको प्रतिक्रिया दिए ।

‘यो फिल्मले संस्कृति, संस्कार रीतिरिवाज बोकेको पाएँ, कर्णाली नेपाली कला-संस्कृतिसँगै नेपाली भाषाकै जननी स्थल हो, यो प्रकारको कथा उत्थान गरेको फिल्मलाई सबैले साथ र सहयोग गरेर सफल बनाउन आग्रह गर्दछु,’ उनले भने ।

समाजका विभिन्न विधामा परिचित अनुहार मात्र खोज्ने प्रवृत्ति बढेको भन्दै नेता खड्काले नयाँ कलाकार हुने फिल्म पनि राम्रो हुनसक्ने भन्दै स्टार र स्टारडमको मात्र पछि नलाग्न आग्रह गरे ।

अभिनेत्री पन्तले लड्ने मान्छे उठेर हिंड्दा मात्र सफलता सम्भव हुने भन्दै ‘बुलाकी’को यो दोस्रो इनिङ सफल हुने अपेक्षा राखिन् ।

शिव ढकालको छायांकन रहेको फिल्ममा डेब्यु गर्ल सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाईं लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?