+
+

एमाले कार्यालयमा फेरि पस्यो बाढी (तस्वीरहरु)

शंकर गिरी शंकर गिरी
२०८१ साउन २२ गते १२:४४

२२ साउन, काठमाडौं । सोमबार राति र मंगलबार बिहानभर परेको वर्षाका कारण ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ ।

एमाले कार्यालयसँगै नजिकै रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल मैदान र केही घरहरु पनि डुवानमा परेका छन् । मनोहरा खोलामा आएको बाढीका कारण करिडोरको सडक पनि डुवानमा परेर यातायात आवतजावत बन्द गरिएको छ ।

यसवर्ष एमाले कार्यालयमा बाढी पसेको यो तेस्रो पटक हो । पछिल्लो पटक एक हप्ताअघि डुवानमा परेको थियो ।

मनोहरा खोलामा पानीको सतह बढेर एमाले कार्यालय नजिकै पक्की पुलसम्म आइपुगेको छ । पक्कीपुलले पानीको प्रवाह रोकिएका कारण सडक र नजिकका घरबस्तीहरु डुबानमा परेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?