+
+

गुल्मीमा पहिरोले २ घर पुरिंदा १ जनाको मृत्यु, ३ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १२:४४

२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् ।

घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । मंगलबार बिहान घरमाथिबाट लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएकाहरूको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालन भएका छन् ।  रातिदेखि गुल्मीमा अविरल वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?