+
+

सप्तरीको धान खेतमा एक जनाको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १२:५६

२२ साउन, जनकपुरधाम । सप्तरीको धान खेतमा एक जनाको शव फेला परेको छ । छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक राजविराज–कुनौली सडक छेउको धान खेतमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षीय पवनकुमार कर्णको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक अवधेश यादवका अनुसार बिहान ७ः४५ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार उनी स्थानीय निरज भट्टामा मुन्सीको रुपमा कार्यरत थिए । इट्टाभट्टा बन्द रहेकाले तीन, चारजना कामदार मात्र त्यसमा बस्दै आएका छन् ।

घटनास्थलभन्दा सय मिटर पर उनले काम गर्ने इट्टाभट्टा रहेको छ । घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमको लागि सगरमाथा गजेन्द्रनारायाण हस्पिटलमा लगिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?