+
+

सरकारले पूर्वाग्रह राखेर दुःख दिने काम गर्दैन : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १५:२६

२३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्नेमा जोड दिए ।

यसमा भ्रष्टाचार तगारो भएको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

अहिलेको सरकार प्रतिशोधका लागि होइन । अर्थतन्त्रमा सुधार र विकासमा गति ल्याउनका लागि हो । यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने, अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा कसैलाई दुःख दिने काम गर्दैन’, उनले अगाडि भने, ‘कसैले गल्ती गर्‍यो, बद्‍मासी गर्‍यो भने अनुहार हेरिँदैन । उम्किन पाउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?