+
+

पार्टी पूँजीपतिहरूको भूलभुलैयामा पर्‍यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १६:१४

२२ साउन, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी दलाल पूँजीपतिहरूको भूलभुलैयामा परेको बताएका छन् ।

मंगलबार माओवादी केन्द्र कोशी प्रदेश समितिको सातौं बैठकमा बोल्ने क्रममा प्रचण्डले यही कारण पार्टीमा गम्भीर समस्या आएको बताएका हुन् ।

‘हाम्रो पार्टी दलाल पूँजीपति र विभिन्न गिरोहको भूलभुलैयामा पर्‍यो’ उनले भने ‘यसले नेता र कार्यकर्तालाई प्रदूषित बनायो । अध्यक्ष भएको नाताले म यसमा आत्मालोचना गर्छु ।’

बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा माओवादी त्यति अनुभवी नभएका कारण पूँजीपतिहरूले पार्टीमा चलखेल गरेको प्रचण्डको भनाइ छ ।

उनले पार्टी विभाजनले पनि माओवादी आन्दोलन अर्कै मोडमा पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?