+

काभा वुमन्स भलिबल नेसन्स लिग : श्रीलंकालाई हराउँदै भारत फाइनलमा

२०८१ साउन  २२ गते १६:२७ २०८१ साउन २२ गते १६:२७
काभा वुमन्स भलिबल नेसन्स लिग : श्रीलंकालाई हराउँदै भारत फाइनलमा

२२ साउन काठमाडौँ  । भारतले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३- ० को सोझो सेटमा हराउँदै फाईनलमा स्थान बनाएको छ ।

मंगलबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले श्रीलंकालाई २५-१५, २५-१६, २५-२३ ले हरायो ।

सुरुवाती दुई सेटमा सहज जित हात पारे पनि तेस्रो सेटमा सुरुवातमा श्रीलंकाले १२-८ को अग्रता लिएपछि भारतलाई केही कठिन परेको थियो । तर त्यो अग्रता धेरै समय जोगाउन सकेन ।

भारतले लगातार चार अंक बटुल्दै १२-१२ बराबरि गरेको थियो । निरन्तर प्रतिस्पर्धा भएको तेस्रो सेट अन्त्यमा भारतले २५-२३ ले जित्यो । भारतले फाइनलमा बुधबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनल खेलमा आज ५ : १५ मा नेपाल र इरानबिच प्रतिस्पर्धा हुँदैछ । लिगमा इरानले नेपाललाई ३-२ को सेटमा हराएको थियो । त्यसैको कारण नेपाल शिर्षस्थानमा रहदै श्रीलंकासँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।

नेपाल ४ खेलमा ३ मा जित र १ मा हारसहित ९ अंकका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको थियो । इरान ४ खेलमा ३ मा जित र १ मा हार सहित ७ अंकका साथ तेस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको हो ।

काभा वुमन्स भलिबल नेसन्स लिग भारत फाइनल श्रीलंका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय