+
+

मधेशमा थप ५ राज्यमन्त्री नियुक्त, मन्त्रिपरिषद पुग्यो २० सदस्यीय

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १७:५४

२२ साउन, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार थप ५ राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले नेपाली कांग्रेसबाट २,जनमत, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट १-१ जना गरी पाँच राज्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मा मो. जयद आलम, कांग्रेससबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रेखा ठाकुर, उर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा निलम कुाारी रजक नियुक्त भएका छन् । यस्तै लोसपाबाट शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा रामबाबु यादव र जनमतबाट उद्योग पर्यटन राज्यमन्त्री सम्भु साह नियुक्त भएका छन् ।

यो संगै मधेश सरकारको मन्त्रिपरिषद अहिलेसम्मकै ठूलो आकारको अर्थात २० सदस्यीय बनेको छ । मधेशमा १२ मन्त्रालय छ । जनमतले मुख्यमन्त्री बाहेक २, कांग्रेस र एमालेले ४-४ र लोसपाले एक मन्त्रालय सम्हालेको छ । यसअघि नै एमालेका २ र जनमतका एक राज्यमन्त्री नियुक्त भइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?