+
+

विदेश पठाउँछु भन्‍दै २ करोड ठगेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १९:०९

२२ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–६ का ३२ वर्षीय गुनेश कुमार ठाकुर छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।

बसुन्धारामा रहेको ओम इन्टरनेशनल प्रालिबाट दुबई, कतार, साउदी, मलेसिया र कुवेत पठाउने भन्दै ८५ जनाबाट १ करोड ९७ लाख १७ हजार रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

ठाकुर र रविन्द्र सापकोटा साझेदारी भएर उक्त मेनपावरमार्फत ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका ठाकुरलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?