+
+

‘आईएमई पे’ को रिफन्डेबल टिकट फिचर मार्फत् हवाई टिकट लिनेको संख्या बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १९:२०

काठमाडौं । ‘आईएमई पे’ ले  सञ्चालन गरेको रिफन्डेबल फिचर मार्फत् आन्तरिक  हवाई टिकट काट्नेको संख्या उल्लेख्य बढेको कम्पनीले जनाएको छ ।

सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा यो सेवा मार्फत हवाई टिकट काट्ने ग्राहकको संख्या बढेको कम्पनीले जनाएको छ ।

मनसुनको समयमा मौसमको फेरबदल भइरहँदा आईएमई पे मार्फत प्राप्त यस रिफन्डेबल टिकट फिचरले ग्राहकलाई ढुक्कले यात्राका लागि टिकट खरिद गर्ने हौसला प्रदान गरेको कम्पनीको भनाइ छ ।

आईएमई पे एप मार्फत प्रयोगकर्ताहरूले  आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट  काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट-रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

आईएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा  टिकट रिफन्डेबल फिचरमा प्रयोगकर्ताहरूको बढ्दो संख्याले र उत्साहले अझै  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?