+
+

सत्कार सहकारी ठगीको आरोपमा तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते १९:३०

२२ साउन, काठमाडौं । सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संस्थाका सचिव मोरङको बेलबारी नगरपालिका–५ घर भएका ३२ वर्षीय गोविन्द पुरी, कोषाध्यक्ष रामेछाप नगरपालिका–८ घर भएका ३७ वर्षीय मेश श्रेष्ठ र सत्कार सहकारीको चाबहिल शाखाका व्यवस्थापक ३७ वर्षीय रामेछाप–८ का ३७ वर्षीय धु्रवराज कार्की छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

सामाखुसी प्रधान कार्यालय भएको उक्त सहकारीको चाबहिल तथा न्यूरोड शाखा छ ।

यस सहकारीले बचतकर्ताको रकम अपचलन गरेको भन्दै जाहेरी परेपछि पक्राउ गरिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ परेकाहरू विरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?