+
+

मोरङमा भारतीय सीमा नाकाबाट फर्काइए बंगलादेशी नागरिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २२ गते २०:०१

२२ साउन, विराटनगर । प्रहरीले विराटनगरको रानी नाकाबाट एक बंगलादेशी नागरिकलाई फिर्ता पठाएको छ । मंगलबार भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्न खोजेका बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले फिर्ता पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीका अनुसार प्रहरीले विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट उनलाई भारततर्फ नै फिर्ता पठाएको हो ।

नाकामा चेकजाँच गर्ने क्रममा उत्तमको साथबाट बंगलादेशको नागरिक रहेको परिचय पत्र भेटिएपछि फिर्ता पठाएको उनले जानकारी दिए ।

कार्कीका अनुसार प्रहरीले नाकामा उच्च सतर्कता अपनाएको छ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन उत्कर्षमा पुगेपछि सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?