+
+

अमेरिकी डलरको मूल्य बढेको बढ्यै, कस्तो असर पार्छ नेपाललाई ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते ८:५६

२३ साउन, काठमाडौं । उच्च मूल्यमा पुगेको अमेरिकी डलरले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार अमेरिकी डलरको भाउ १७ पैसा बढेको छ ।

यस दिन नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६३ पैसा र खरिददर मूल्य १३३ रुपैयाँ ३ पैसा तोकेको छ ।  अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ ।

नेपालमा मासिक औसत १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मासिक औसत १३ अर्बको सामान निर्यात हुने गरेको छ । यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा झनै नोक्सानी पर्दछ ।

डलरको मूल्य बढ्दा आयात हुने सबै वस्तु महँगिन जान्छ । यसले मुलुकमा मुद्रास्फिति बढ्ने जोखिम रहन्छ । सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा, औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ ।

उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ । एकातर्फ आयातित परिमाण नै बढ्ने अर्कोतर्फ प्रतियुनिट परिमाणको मूल्य नै बढ्दा त्यसले सञ्चित विदेशी मुद्रामा असर पार्छ । डलरको भाउ बढ्दा पर्यटन र रेमिट्यान्स क्षेत्रबाट नेपाललाई हुने आम्दानी रुपैयाँमा केही बढी देखिन जान्छ ।

रियाल, रिंगिट र दिराम भाउ

एक साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ८६ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ७० पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ९२ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ६५ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ४९ पैसा तोकिएको छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य ३० रुपैयाँ ९ पैसा तथा खरिददर मूल्य २९ रुपैयाँ ९६ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?