+
+

नाग्दीखोलाको पहिरोले एम्बुलेन्सका बिरामी मर्कामा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १२:१८

२३ साउन, चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दी खोलामा खसेको पहिरो पन्छाएर पृथ्वी राजमार्गको अवरोध खुलाउन ढिलाइ हुँदा एम्बुलेन्सका बिरामी र एसईई पूरक परीक्षाका परीक्षार्थी बढी मर्कामा परेका छन् ।

बिहानैदेखि लामो समयसम्म जाममा परेका सवारी साधन र तिनमा सवार यात्रुहरु पनि बीचबाटोमै अलपत्र छन् ।

नाग्दी खोलामा आज बिहान करिब सात बजेतिर ठूला ढुंगासहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको छ । सडक बन्द हुँदा बिरामीको बोकेका एम्बुलेन्सहरु र एसईई परीक्षार्थीहरुसमेत बीचमै अलपत्र परेका थिए ।

विद्यार्थीहरुलाई पैदल पहिरो पार गराएर परीक्षा केन्द्रतिर पठाइए पनि बिरामी बोकेका एम्बुलेन्स भने पहिरो गएको स्थानबाट पार हुन सकेका छैनन् ।

सो स्थानमा पटकपटक पहिरो झर्ने गरेको छ । तर रोकथामको उपाय भने गरिएको छैन । पहिरो पन्छाउन प्रयोग गरिने मेसिनहरु पनि नजिक राख्ने नगरिएको स्थानीय बताउँछन् ।

आज बिहान करिब सात बजेतिर ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । तर मेसिन आउन ढिला गर्दा करिब ८ बजेदेखि मात्रै पहिरो पन्छाउन सुरु गरिएको थियो ।

पहिरो पन्छाउन चारवटा लोडर र एक्सकाभेटर प्रयोग गरिएको थियो । तर सगुन कन्स्ट्रक्सनको एउटा लोडरमा माथिबाट पहिरो झरेर लागेपछि त्यसले काम बन्द गरेको थियो ।

पहिरो झर्दा गल्छी गाउँपालिका ६ का लोडर अपरेटर लिलाधर अधिकारीको वायाँ हातमा चोट लागेको छ । मेसिनमा पनि क्षति पुगेको उनले बताएका छन् ।

त्यसैले पहिरो पन्छाउन पनि समय लागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?