+
+

न्यूरोडबाट चोरी आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १३:०१

२३ साउन, काठमाडौं । चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जनकपुर घर भएका ३८ वर्षीय दीपक खड्का र मकवानपुर घर भएका २७ वर्षीय निरज बिक छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त मालिगाउँको टोलीले उनीहरुलाई न्यूरोडबाट मंगलार दिउँसो पक्राउ गरेको हो ।

उनीहरुले सोमबार दिउँसो साढे ३ बजेतिर गुल्मीको रेसुङ्गा नगरपालिका–१० घर भइ काठमाडौं–१ ज्ञानेश्वर भैरवमार्ग बस्ने राजु नेपालीको डेरा कोठाको ताला फुटाई गरगहना तथा नगद चोरी गरेको आरोप छ ।

उनीहरुबाट सुनका औठी ३ थान, सिक्रि १ थान, टप, ब्रासलेट, तिलहरी, पाउजुलगायतका गरगहना बरामद भएको प्रहरीले जनाएको छ । चोरी गर्दा लगाएको कपडा, जुत्ता पनि बरामद हुनुका साथै स्कुटर पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?