+
+

अजय देवगण स्टारर ‘औरों में कहाँ दम था’ बक्स अफिसमा निराशाजनक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १३:२८

काठमाडौं । यसैवर्ष ‘शैतान’ले बक्स अफिसमा उछाल कमाइ गरेको बेला बलिउड अभिनेता अजय देवगणको नयाँ फिल्म ‘औरों मे कहाँ दम था’ भने बिर्सनलायक बनेको छ । गत शुक्रबार भारत लगायत विश्वभर रिलिज भएको यो फिल्मले पाँच दिनमा मुस्किलले १० करोड भारु मात्रै कमाइ गर्न सकेको छ । जबकि फिल्मको बजेट नै १०० करोड छ ।

अजय र तब्बुको शीर्ष भूमिका रहेको ‘औरो मे कहाँ दम था’लाई नीरज पाण्डेले निर्देशन गरेका हुन् । कमाइ निराशाजनक रहेपछि यसलाई अजयको करिअरमै सबैभन्दा बढी ‘डिजास्टर’ फिल्ममध्ये एक बनेको भनेर समेत टिप्पणी भइरहेको छ ।

फिल्मले रिलिजको पाँचौं दिन मंगलबार ९० लाख भारु कमाइ गरेको छ भने सोमबार १ करोड कमाएको थियो । पाँच दिनको कुल नेट कमाइ ८.६५ करोड भारु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्मको विश्वव्यापी कलेक्सन ११.७५ करोड भारु छ ।

अजयको पछिल्लो फिल्म ‘मैदान’ले बक्स अफिसमा बम्पर कमाइ नगरे पनि विषयवस्तुलाई लिएर निकै प्रशंसा भएको थियो ।

शुक्रबार नै रिलिज भएको जान्हवी कपुर अभिनित फिल्म ‘उलझ’ पनि बक्स अफिसमा कमजोर साबित भएको छ । यो फिल्मले हालसम्म ६.२० करोड कमाइ गरेको छ । सुधांशु सरिया निर्देशित फिल्ममा जान्हवी र गुल्सन देवैयाको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?