+
+

कार्यसम्पादनमा ५७ जिल्ला प्रशासन कार्यालयले ल्याए ९०भन्दा बढी अंक (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १४:०७

२३ साउन,  काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा ५७ वटा जिल्ला प्रशासन कार्यालयहरुले ९० भन्दा बढी अंक ल्याएका छन् । गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक पाएका छन् ।

कार्यसम्पादन मूल्यांकन सम्झौता बमोजिम मूल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ अंकसम्म पाएको मन्त्रालयले जनाएको छ । कार्यालयहरुमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा छ ।

रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १०को सूचीभित्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?