+
+

रेसुङ्गामा साउन अन्तिममा सप्ताह लगाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १४:०३

२३ साउन, गुल्मी । गुल्मीको रेसुंगामा साउन २६ देखि ३२ गतेसम्म सप्ताह लगाइने भएको छ ।

आयोजक रेसुङ्गा संरक्षण समितिका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमा विस्तार गर्न सप्ताह आयोजना गरिएको हो ।

रेसुङ्गा क्षेत्रमा एक हप्तासम्म चल्ने महायज्ञमा भारतका योगी शम्भुनाथलगायतका योगीले कथा वाचन गर्नेछन् ।

रेसुङ्गा र भारतको अयोध्याबीच रहेको पौराणिक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै भारतीय धार्मिक व्यक्तित्व तथा पर्यटकलाई रेसुङ्गामा ल्याउने उद्देश्यले सप्ताह महायज्ञ आयोजना गरिएको भुसालले बताए ।

समितिले गत वर्ष भारतका चार सय साधुसन्त ल्याई सन्त सम्मेलन गरेको थियो ।

प्रत्येक वर्ष रेसुंगामा साउनभर एक महिने मेला लाग्ने गर्छ । रेसुङ्गामा पोखरीमा गई स्नान गर्नाले अञ्जानमा गरेका पापहरु नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?