+
+

एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १४:५१

२३ साउन, काठमाडौं । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर बेपत्ता भएको छ ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी-७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरे पछि अहिले प्रहरी सो स्थानमा जाँदै गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?