+

श्रीलंकालाई हराउँदै इरान काभा नेसन्समा तेस्रो

२०८१ साउन  २३ गते १५:४९ २०८१ साउन २३ गते १५:४९
श्रीलंकालाई हराउँदै इरान काभा नेसन्समा तेस्रो

२३ साउन काठमाडौँ । इरानले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकालाई ३- ० को सोझो हराएको छ ।

बुधबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा इरानले श्रीलंकालाई २५-२२, २८-२६र २५-१७ ले हरायो ।

सेमिफाइनलमा मंगलबार श्रीलंका भारत तथा इरान नेपालसँग समान ३-० को सोझो सेटमा पराजित हुँदै बाहिरिएका थिए ।

फाइनलमा आज ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । लिगमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको छ ।

श्रीलंका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय