+
+

कांग्रेस केन्द्रीय समितिमा १०० दिने सांगठनिक अभियान चलाउने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १६:२२

२३ साउन, काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महान्मन्त्री गगन थापाले १०० दिने सांगठनिक अभियान चलाउने प्रस्ताव गरेका छन् ।

बुधबार सुरु भएको बैठकमा महामन्त्री थापाले भदौ १५ देखि मंसिर २५ सम्म सांगठनिक अभियान चलाउने प्रस्ताव दर्ता गराएका हुन् ।

त्यसका साथै महामन्त्री थापाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको सहमतिमा पनि छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

अनुशासनको कारबाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानमा पदपूर्ति, जनसम्पर्क समिति लगायतमा पनि छलफल गर्नुपर्ने उनको प्रस्ताव छ ।

भ्रातृ संघ, शुभेच्छुक संस्था, निर्देश समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण, नवीकरण प्रक्रिया सम्बन्धमा पनि थापाले प्रस्ताव गरेका छन् ।

त्यसका साथै नियमावली संशोधन प्रस्ताव, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका २०८१ लगायत विषय पनि थापाको प्रस्तावमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?