+
+

‘के घर के डेरा’को सिक्वेलमा केकी र उपासना अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १७:४५

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘घर नम्बर २’ को मुख्य अभिनेत्रीमा केकी अधिकारी र उपासनासिंह अनुबन्धित भएका छन् । यो फिल्म ‘के घर के डेरा’को दोस्रो श्रृंखला हो ।

दुवै अभिनेत्रीसँग निर्माताले लिखित सम्झौता गरेको जनाइएको छ । गत वैशाखमा ‘बोक्सीको घर’ सुपरहिट भएपछि केकीले होम प्रोडक्सन बाहिरको फिल्ममा पहिलोपटक काम गर्न लागेकी हुन् ।

‘खुस्मा’को छायांकन सकिएपछि उपासनाको यो नयाँ फिल्म हुनेछ । यसअघि यो फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल अनुबन्धित भइसकेका छन् ।

यो सोसल ड्रामाको छायांकन साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ । बुद्धिसागरले लेखेको कथामाथि खनालले निर्देशन गर्न लागेका हुन् । छायांकन काठमाडौंमा गर्ने तयारी छ ।

ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रिएसनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्मलाई यसैवर्ष रिलिज गर्ने तयारी गरिएको निर्माताले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?