+
+

काठमाडौं महानगरका उच्च कर्मचारीको जिम्मेवारी हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते १८:१६

२३ साउन, काठमाडौं। काठमाडौं महानगरपालिकाले आफनो सिनियर कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

महानगरपालिकाको दसौं तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर र वढुवा भएर महानगरपालिकामा सिफारिस भएर आएका नवौँ तहका अधिकृतहरुलाई पदस्थापन गरेको हो ।

यस अघि खरिद एकाइ प्रमुख रहेका नमराज ढकाल प्रशासन विभागमा प्रमुखको जिम्मेवारीमा गएका छन् ।प्रशासन विभागबाट राजस्व विभागको जिम्मेवारीमा दीपक अधिकारी गएका छन् ।

ध्रुवकुमार काफ्लेलाई सहकारी विभाग, बलराम त्रिपाठीलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय र रविनमान श्रेष्ठलाई मनोहरा जग्गा एकीकरण आयोजनामा प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि उनीहरु क्रमशः राजस्व विभाग, सहकारी विभाग, खरिद एकाइ र वातावरण व्यवस्थापन विभागमा प्रमुखको जिम्मेवारीमा थिए ।

यसअघि प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत सरिता राईलाई वातावरण व्यवस्थापन विभागमा निमित्त प्रमुखको जिम्मेवारी दिइएको महानगरले जनाएको छ ।

बढुवा भएर आएकालाई पदस्थापना

विभिन्न पालिका र प्रदेशबाट बढुवा र काज सरुवा भएर आएकाहरुको पनि काठमाडौं महानगरले पदस्थापना गरेको छ ।

धनबहादुर बस्नेतलाई सहरी योजना आयोगको सचिवालय प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि सचिवालय प्रमुखका रुपमा कार्यरत सरस्वती पोखरेललाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । बस्नेत यसअघि धुलिखेल नगरपालिका काभ्रेमा कार्यरत थिए ।

हरिबहादुर पाटा मगरलाई न्याय प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि गंगाजमुना गाउँपालिका धादिङ्मा कार्यरत थिए । दक्षिणकाली नगरपालिकाबाट आएका दिपककुमार के. सी. लाई स्वास्थ्य विभागमा प्रमुखको जिम्मेवारी दिइएको छ ।

भीमेश्वर नगरपालिकाबाट बढुवा भएर काठमाडौं आएका जगदिश अर्याललाई विपद व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । यस्तै समीक्षा निरौलालाई सामाजिक विकास विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत थिइन् ।

रामरतन शाहलाई खरिद एकाईको प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि ललितपुर महानगरपालिकामा कार्यरत थिए । ललितपुरबाटै आएका हरिश्चन्द्र लामिछानेलाई सहरी व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै राज्यश्वरी शाहीलाई एकल सेवा केन्द्र प्रमुखको जिम्मेवारी तोकिएको छ । उनी यसअघि हेटौंडा उपमहानगरपालिकामा कार्यरत थिइन्, उनी काजमा काठमाडौँ महानगरपालिका आएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?