+

काभा वुमन्सको फाइनलमा चुक्यो नेपाल, उपाधि भारतलाई

२०८१ साउन  २३ गते १९:२२ २०८१ साउन २३ गते १९:२२
काभा वुमन्सको फाइनलमा चुक्यो नेपाल, उपाधि भारतलाई

२३ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग २०२४ को उपाधि भारतले जितेको छ ।

दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल पुनः भारतसँग हार्दै उपाधिबाट वञ्चित भएको हो ।

भारतले नेपाललाई २५–२३, १४–२५, २५–२२, २१–२५ र १५–५ ले हराएको छ ।

भारतले दोस्रो, चौथो र पाँचौं सेट जित्दै उपाधि हात पारेको हो ।

पहिलो सेटको सुरुवातमा अग्रता बनाएको नेपालले त्यो सुरुवाती अग्रता जोगाउन सकेन । ३–० को अग्रताबाट भारतले लगातार ४ अंक जोडेपछि नेपालका प्रशिक्षक जगदिश भट्टले पहिलो टाइमआउट लिए ।

त्यसपछि भारतले २२–१९ को अवस्थामा अग्रता बनायो । त्यसपछि नेपालले लगातार अग्रता बनाउँदै पहिलो सेट २५–२३ ले जित्यो ।

दोस्रो सेटको सुरुवातमा भारत ६–४ ले अग्रता बनायो । त्यसपछि १०–५ ले नेपाल पछि पर्‍यो । नेपालले दोस्रो सेटमा ३ वटा सर्भिसमा अंक सुम्पियो ।

प्रदर्शनको आधारमा पनि दोस्रो सेट नेपालले निकै कमजोर खेल्यो । २४–११ मा भारतले अग्रता बनाउँदा नेपालले लगातार ३ अंक जोड्यो । तर पनि नेपाल भारतभन्दा १० अंक पछाडि भयो । दोस्रो सेट नेपालले २५–१४ ले गुमायो ।

तेस्रो सेटको पनि सुरुवातमा नेपालले लगातार ३ अंक जोड्यो । भारतले ५ मा आएर बराबरमा ल्यायो ।

नेपालले १७–१२ को अग्रता लियो । २०–१५ मा नेपालले अग्रता लियो । तेस्रो सेट नेपालले २५–२२ले जित हात पार्‍यो ।

चौथो सेटमा भारतले लगातार २ वटा सर्भिसमा गल्ती गर्दा नेपालले २ अंक ल्यायो । भारत ११–८ ले अग्रता लियो । नेपालले भारतलाई पछ्याउँदै १७–१५ को अवस्थामा खेल ल्यायो । तर सेट भने २५–२१ ले भारतले जित्यो । यो सँगै खेल पाँचौं सेटमा लम्बिएको हो ।

पाँचौं सेटमा नेपाल ८–२ ले पछि पर्‍यो । कोर्ट परिवर्तन गरेपछि भारतले पाँचौं सेट १५–५ मा जित्दै उपाधि जितेको हो ।

भारतले यसअघि २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपको उपाधि हात पार्दा नेपाललाई नै जितेको थियो ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

काभा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय