+
+

मधेश सरकारको जम्बो मन्त्रीमण्डलविरूद्ध जनकपुरमा कुर्सी जुलुस

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते २०:१०

२३ साउन, जनकपुरधाम। मधेश सरकारले २० सदस्य मन्त्रीमण्डल बनाएको विरोधमा जनकपुरमा केर्सी जुलुस प्रदर्शन भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले कुर्सी जुलुस प्रदर्शन गरेका हुन् ।

जनकपुरको रामानन्दचोकबाट कुर्सी जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको छ । उनीहरु मुख्यमन्त्रीको राजिनामा समेत मागेका छन् ।

मुख्यमन्त्री सतिश कुमार सिंह मंगलबार पाँच राज्यमन्त्री थप गर्दै अहिलेसम्मकै ठूलो २० सदस्यीय मन्त्री मण्डल बनाएका थिए । जसको चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?