+
+

सप्तरीमा पत्रकारलाई दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षविरुद्ध प्रहरीमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते २०:२७

२३ साउन, जनकपुरधाम । सप्तरीमा पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

आफूहरुलाई कोठामा थुनेर सञ्चार उपकरण खोसेर दुर्व्यवहार गरेको भन्दै पत्रकारहरु रामनारायण विश्वास, राजविराज दैनिकका पत्रकार नवीन गुप्ता र नेपाल समाचार पत्रका संवाददाता विद्यानन्द रामले प्रहरीमा जाहेरी दिएका हुन् ।

अध्यक्ष मण्डलसहितकाले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा केहीबेर थुनेर सञ्चार उपकरण खोस्दै दुर्व्यवहार गरेको उनीहरूको आरोप छ ।

तीनै जना पत्रकारले अध्यक्ष मण्डलसहितका दोषीलाई कारबाहीको माग गर्दै जाहेरी दिएका हुन् । पत्रकार महासंघ सप्तरी शाखाका तर्फबाट अध्यक्ष श्रवण देवले पनि पत्रकारलाई दुर्व्यवहार गर्ने अध्यक्ष ठाकुरसहित विरुद्ध जाहेरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?