+
+

महोत्तरीबाट ६११ किलो गाँजा बोकेको ट्रकसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २३ गते २०:४५

२३ साउन, जनकपुरधाम ।महोत्तरीबाट ६११ किलो अवैध लागूऔषध गाँजा बोकेको ट्रकसहित दुईजना पक्राउ परेका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिका १ बाट बा.प्र.०३-००१ ख २८३२ नम्बरको गाँजासहितको ट्रक नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत विहारको मोतिहारी ग्राम पञ्चायत कुरिया बस्ने २५ वर्षीय गुड्डु कुमार यादव र मधुरापुरा बस्ने २९ वर्षीय मनिष कुमार गिरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

उनका अनुसार बर्दिबास नगरपालिका १४ पूर्वपश्चिम राजमागर्गमा चेकजाँचको क्रममा रोक्न खोज्दा त्यो मिनी ट्रक भागेको थियो ।

खोजतलासको क्रममा प्रहरीले बर्दिबास नगरपालिका १ स्थित यामाहा सो-रूम अगाडि पानी परिरहेको अवस्थामा शंकित रूपामा बी आर ३० जी ७०४३ नम्बरको भरतीय ट्रकमा प्लास्टिकको पोका भित्र गाँजा जस्तो पदार्थ पल्टी गर्दै गर्दा ट्रक बा.प्र.०३-००१ ख २८३२ नं को मिनी ट्रकलाई नियन्त्रणमा लिएको हो ।

छतमा रहेको ४० पोक्का गाँजा बरामद गरी पक्राउ परेका दुवैजनालाई महोत्तरी जिल्ला अदालतबाट दिन दिनको म्याद थप गरी अनुसन्धान गरिरहको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?