+

२७ वर्षपछि श्रीलंकाले जित्यो भारतविरुद्ध एकदिवसीय सिरिज

२०८१ साउन  २३ गते २१:२३ २०८१ साउन २३ गते २१:२३
२७ वर्षपछि श्रीलंकाले जित्यो भारतविरुद्ध एकदिवसीय सिरिज

२३ साउन, काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय श्रीलंकाले भारतलाई ११० रनको फराकिलो अन्तरले हराएको छ ।

यससँगै श्रीलंकाले सिरिज २–० ले जितेको छ । श्रीलंकाले २७ वर्षपछि भारतविरुद्ध एकदिवसीय सिरिज जितेको हो ।

कोलम्बोमा श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारतले २६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । उसका लागि रोहित शर्माले सर्वाधिक ३५ रन बनाए भने वासिङ्टन सुन्दरको नाममा ३० रन रह्यो ।

भारतलाई सस्तैमा आउट गर्ने क्रममा श्रीलंकाका डुनिथ वेल्लालेजले ५ विकेट लिए । ५.१ ओभर बलिङ गरेका उनले मात्र २७ रन खर्चिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४८ रन बनाएको थियो ।

उसका लागि आविष्का फर्नान्डोले ९६ र कुशल मेन्डिसले ५९ रनको योगदान गरे । पहिलो विकेटका लागि पथुम निस्सान्कासँग ८९ रनको साझेदारी गरेका फर्नान्डोले दोस्रो विकेटका लागि मेन्डिससँग ८२ रनको साझेदारी गरेका थिए ।

सिरिजको पहिलो खेल बराबरी भएको थियो भने दोस्रोमा श्रीलंका ३२ रनले विजयी भएको थियो ।

क्रिकेट भारत श्रीलंका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय