+
+

एक सातालाई पर्यटनमन्त्रीका कार्यक्रम स्थगित, हवाई सुरक्षामा केन्द्रित हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते ८:४४

२४ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक साता जरुरीबाहेकका काम थाँती राखेर हवाई सुरक्षा सुधारका लागि केन्द्रित हुने बताएका छन् । यो अवधिमा हवाई सुरक्षाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारको उपाय खोज्ने उनको भनाइ छ ।

१५ दिनकै अवधिमा दुईवटा हवाई दुर्घटना भएपछि हवाई सुरक्षा सुधारको रणनीति तयार गर्नका लागि मन्त्री पाण्डेले एक साताका लागि जरुरीबाहेकका सबै कार्यक्रम र भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार यो अवधिमा यसै विषयमा केन्द्रित भएर सम्बन्धित निकायलाई परिचालन गरिनेछ ।

साथै, मन्त्रीको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षा सुरक्षाका लागि सुझाव पनि मागेको छ । सुझाव मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएको छ ।

बुधबारमात्रै नुवाकोटको शिवपुरी गाउँपालिका-७ मा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो । जसमा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भयो ।

दुई साताअघि त्रिभुवन विमानस्थल परिसर भित्रै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । यो दुर्घटनामा पाइलटमात्र जोगिएका थिए ।

यी दुवै दुर्घटनामा प्रभावकारी उद्धार कार्य हुन सकेको थिएन । यस विषयमा पनि सम्बन्धित निकायसँग जानकारी लिइएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?