+
+

हिमालय ऊर्जाको हकप्रदमा आवेदन खुल्यो, कम्पनीले ऋण चुक्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २४ गते ९:०४

२४ साउन, काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर निष्कासनमा बिहीबारदेखि आवेदन खुलेको छ । कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कुल ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन हुनेछ । भदौ ५ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।

क्रेडिट रेटिङबाट कम्पनीले बीबी स्तरको रेटिङ पाएको छ । असार १९ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर भर्न सक्नेछन् । हकप्रद सेयर निष्कासनपछि प्राप्त हुने पूँजीमध्ये सबै खर्च कटाई बाँकी रकम बैंकको दीर्घकालीन ऋणको भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

१२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगाावाटको अपर खिम्ती जलविद्युत् आयोजनामा ऋण रकम लगानी गरेको र सोको २ अर्ब ८४ करोड रुपैयाँ ऋण चुक्ता यहीं हकप्रदबाट प्राप्त रकमबाट गरिने कम्पनीले स्पष्ट पारेको छ । बजारमा सूचीकृत यस कम्पनीको हाल मूल्य प्रतिकित्ता २२५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?